
कैलाली, असार १५ । सुदूरपश्चिममा सोमबार १२६ जनामा कोरोना पुष्टि भएको छ ।
शिक्षण अस्पताल काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, धनगढी प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक सय २६ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार चार सय ३५ पुगेको छ ।
सोमबार थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय सात जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै बाजुरामा चार सय १६, डोटीमा चार सय २५, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २८, बैतडीमा दुई सय १७, अछाममा एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ ।
पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने तीन सय ६७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस्