११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अझै तीन दिन देशभर वर्षाको सम्भावना


0
Shares

काठमाडौं, असार २९ । मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे शुक्रबार विज्ञप्ति जारी गर्दै देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

शुक्रबार दिउँसो देशभरि नै बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने रातिको समयमा देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनेछ ।

केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिबार (भोलि) पनि दिउँसोको समयमा देशभर बदली रही देशको मध्य र पश्चिमी भेगका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ ।

रातको समयमा पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिन्छ ।

मध्य र पश्चिमी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आइतबार दिउँसो देशभरि नै सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ ।

आइतबार साँझ र राति पनि देशभरि सामान्य बदली रहि केही स्थानहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिन्छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौंमा ५.२ मिलिमिटर वर्षा भएको छ ।

विराटनगरमा ४८, ताप्लेजुङमा २०, सिमरामा २०, भैरहवामा ५४, पोखरामा २२, जुम्लामा १२ र धनगढीमा ४८ मिलिमिटर वर्षा भएको छ ।

शुक्रबार काठमाडौंको अधिकतम् ताफक्रम २८.५ र न्यूनतम् तापक्रम २०.८ डिग्री सेल्सियस रहेको छ । रासस