ललितपुरमा क्वारिन्टिन थप • Image Khabar Image Khabar


ललितपुरमा क्वारिन्टिन थप


Imagekhabar
१४ असार २०७७, आईतवार १८:०५

ललितपुरमा क्वारिन्टिन थप

काठमाडौं, असार १४ । ललितपुर महानगरपालिकाले अर्को एक ठाउँमा पनि क्वराइन्टिन सञ्चालन गर्ने तयारी गरेको छ ।

आइतबार महानगरपलिकामा पत्रकार भेट्घाट गरी मेयर चिरिबाबु महर्जनले बागडोलमा निर्माण सम्पन्न भएको आनन्द निकेतन बृद्दाश्रमलाई होल्डिङ्ग सेन्टर बनाउन लागिएको जानकारी दिनुभयो ।

सो अवसरमा उक्त वृद्धाश्रमको तर्र्फबाट ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन र ललितपुर महानगरपालिकाबीच सम्झौता समेत भएको थियो ।

मेयर महर्जनले क्वारान्टिनमा मनो परामर्स पनि सञ्चालन गरिने बताउनुभयो ।

ललितपुर महानगरपालिकाले सातदोबाटोमा २६ शैया र सुनाकोठीमा २७ शैयाको क्वारेन्टिन सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्