३० असार २०८२, सोमबार | Tue Jul 15 2025


नागरिकता विधेयक खारेजीको माग


0
Shares

नवलपरासी, असार १४ । नागरिकता विधेयक फिर्ता र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आइतबार सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।

पार्टी कार्यालयबाट निस्केको कांग्रेस कार्यकर्ताको जुलुसले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकाक्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार असफल भएको, असुरक्षित ‘क्वारेन्टिन’मा जनतालाई राख्ने गरेको, ‘पीसीआर’ परीक्षण गर्न नसकेको र विभेदकारी नागरिकता विधेयक ल्याएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

कार्यकर्ताहरुले कोरोना संक्रमणका नाममा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गरी विभेदकारी नागरिकता विधेयक खारेजीको माग गरेका थिए ।