२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपालबाट गएका भनिएका अलसबाबका कमाण्डर सोमालियामा मारिए


0
Shares

काठमाडौं । नेपालबाट गएका भनिएका मुस्लिम अतिवादी समूह अलसबाबका कमाण्डरलाई सोमालियाका सुरक्षा फौजले मारेको दाबी गरेको छ ।

बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको त्यहाँको राष्ट्रिय रेडियोले जनाएको छ ।

सरकारी रेडियोका अनुसार मारिएका हमदान नेपालबाट गएका हुन् । उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए । उनी कसरी त्यहाँ पुगे भन्ने खोजीको विषय बनेको छ ।

हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन् । उक्त कारबाहीमा उनीसँगै अरू तीन लडाकु पनि मारिएका छन् ।

हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ । रोयटर्सको सोही समाचारलाई अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले पनि आफ्नो अनलाइनमा छापेको छ।

सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ ।(एजेन्सी)