स्याङ्जा । स्याङ्जामा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा गल्याङ नगरपालिका–१ साङ्लीयाका ४९ वर्षीय यमबहादुर विकको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर विककी ४२ वर्षीय श्रीमती फूलमाया गम्भीर घाइते भएकी छन् । घाइतेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
रातिदेखि परेको अविरल वर्षासँगै आज बिहान ३ बजे घरमाथिबाट झरेको पहिरोले घरको भित्ता भत्काएपछि त्यसमा पुरिएर गम्भीर घाइते भएका दुवै जनालाई गल्याङ अस्पताल लगिएको थियो ।
उपचारका क्रममा यमबहादुरको मृत्य भएको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी फूलमायालाई थप उपचारका लागि पाल्पा लगिएको बताइएको छ । विक परिवारका छोरा र छोरी भने सकुशल छन् ।









प्रतिक्रिया दिनुहोस्