मस्र्याङदी गाउँपालिका आलुमा आत्मनिर्भर • Image Khabar Image Khabar


मस्र्याङदी गाउँपालिका आलुमा आत्मनिर्भर


Imagekhabar
१४ असार २०७७, आईतवार १०:५३

मस्र्याङदी गाउँपालिका आलुमा आत्मनिर्भर

लमजुङ । मस्र्याङदी गाउँपालिकामा आलु उत्पादनले व्यवसायिकता पाउन थालेको छ । आलुमा आत्मनिर्भर बन्न गाउँपालिकाका विभिन्न क्षेत्रलाई पकेट क्षेत्र बनाएर खेती गरिएको छ ।

मस्र्याङदी गाउँपालिकाको छिनखोला, लुदी र ताराचोक लगायतका स्थानमा करीव दुईसय रोपनी क्षेत्रमा व्यवसायिक आलु खेती गरिएको छ । यहाँको भुष्मे, जिम्दु लगायतका क्षेत्रमा यसअघि आलुको व्यवसायिक खेती हुँदै आएको थियो ।

कृषिलाई विशेष प्राथमिकता दिएर मस्र्याङदी गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने कार्यमा लागेको उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्