२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पाकिस्तानी क्रिकेट टोली इंग्ल्याण्ड भ्रमणमा, १४ दिन पछि श्रृंखला सुरु हुने


0
Shares

काठमाडौं । पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्यान्ड प्रस्थान गरेको छ । कोरोना भाईरसको महामारीकै बिच इंग्ल्याण्डसँग क्रिकेट श्रृंखला खेल्नका लागि पाकिस्तानी टोली लण्डन प्रस्थान गरेको हो ।

इंग्ल्यान्ड पुगेपछि पाकिस्तानी टोली आजबाट १४ दिन आईसोलेसनमा बस्नेछ । कोरोनाबाट केही खेलाडी संक्रमित भएपनि पिसीआर परिक्षणमा नेगेटिभ आएका २० खेलाडीहरुको समुह भ्रमणमा निस्किएको हो ।

अजहर अलीको कप्तानीमा रहेको टोलीको उपकप्तान बाबर आजम रहेका छन् । पाकिस्तानले इंग्ल्याण्डसँग ३ वटा टेस्ट र ट्वेन्टी ट्वेन्टी खेलको श्रृंखला खेल्दैछ । दुई टोलीबीचको टेस्ट श्रृंखला जुलाई ३० मा सुरु हुनेछ भने टि–ट्वेन्टी श्रृंखला अगष्ट २९ देखि सेप्टेम्बर २ सम्म हुनेछ । एजेन्सी