१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


निर्वाचन घोषणा गर्ने अधिकार आयोगलाई दिन प्रमुख निर्वाचन आयुक्त यादवको सुझाव


0
Shares

तनहुँ, असार २९ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोेगलाई दिइनुपर्ने बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको आज दमौलीमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले सो कुरा बताएका हुन् ।

‘निर्वाचनको मिति कानूनमा उल्लेख गरी सो अधिकार आयोगलाई दिइनुपर्छ,’ उनले भन । अझै पनि त्यो अधिकार मन्त्रिपरिषद्ले आफैंसँग राखेको भन्दै उनले आयोगले खुलेर काम गर्न नपाएको बताए । ‘त्यस्तो अधिकार सरकारले नै राख्दा आयोगले समयमै निर्वाचन गर्न पाएको छैन,’ उनले भने ।

आगामी दिनमा १२० दिनमा होइन, ६० दिनमै निर्वाचन गर्ने क्षमता आयोगसँग रहेको दाबी उनले गरे ।र्नुभयो । अहिले पनि आयोगले संगठनात्मक संरचना तयार पार्ने, जनशक्ति व्यवस्थापन गर्ने, निर्वाचनको समीक्षा गर्ने, ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गर्ने काम भइरहेको जानकारी यादवले दिए ।

तीनवटै तहको निर्वाचन सफल बनाउन सबै क्षेत्रबाट सहयोग पु¥याइएकामा उनले धन्यवादसमेत दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी भरतराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदी, जिल्ला निर्वाचन कार्यालय तनहुँका निमिक्त प्रमुख हरिप्रसाद लामिछानेलगायतले उक्त भवन बनेपछि लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको निर्वाचनसम्बन्धी गतिविधि गर्न सहज हुने बताए ।

आठ आना क्षेत्रफलमा निर्माण भएको तीनतले १२ कोठे भूकम्प प्रतिरोधात्मक सो भवन रु एक करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो । (रासस)