
काठमाडौं, असार १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी मंगलबार पुनः बस्ने गरी स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि जारी बैठकमा भारतसँगको सीमा विवादका विषयमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
शनिबार सीमा विवादका विषयमा २१ जना स्थायी कमिटी सदस्यहरुले धारणा राखेका थिए ।
राष्ट्रिय एकता कायम गरी भारतबाट अतिक्रमित नेपाली भू–भाग फिर्ता ल्याउनुपर्नेमा सबैले जोड दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
शनिबारको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर उपस्थित भइ बाहिरिनुभएको थियो ।
शनिबारको बैठकमा प्रधानमन्त्री ओली केहीबेर सहभागी भएपनि स्वास्थ्यको कारण देखाउँदै बाहिरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री ओली सहभागी नै हुनुभएन ।
प्रतिक्रिया दिनुहोस्