
बिराज रोस्यारा (इमेज)
कैलाली, असार १३ । सुदूरपश्चिम प्रदेशमा शनिबार २२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, त्रिवि शिक्षण अस्पताल काठमाडौं, धनगढीस्थित प्रयोगशाला र वीर अस्पताल काठमाडौंको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप २२८ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार बाजुराका ८६ जना, डोटीका ६१, कैलालीका २५, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका आठ/आठ र कञ्चनपुरका तीनजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डोटीका १५ महिला र ३१ पुरुष गरी ४६ जना, बैतडीका छ महिला र १८ पुरुष गरी २४ जना, कैलालीका दुई महिला र छ पुरुष गरी आठजना, डडेल्धुराका दुई महिला र छ पुरुष गरी आठजना, बाजुराका एक महिला र तीन पुरुष गरी चारजना, कञ्चनपुरका तीन पुरुष, अछामका एक महिला र १२ पुरुष गरी १३ जना र बझाङका चार पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
उहाँकाअनुसार त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, वीर अस्पतालको प्रयोगशालामा बझाङका एक महिला र तीन पुरुष गरी चारजना तथा डोटीका दुई पुरुषमा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।
यता, धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको छ ।
जसमध्ये १३ महिला र १७ जना पुरुष रहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ११४ पुगेको छ ।
कुल संक्रमितमध्ये छजनाको मृत्यु भएको छ । २४४ जना विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।





प्रतिक्रिया दिनुहोस्