३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


अष्ट्रेलियाबाट शनिबार दोस्रो ‘उद्धार’ उडान : २२० नेपाली काठमाडौं आइपुग्ने


0
Shares

काठमाडौं । अष्ट्रेलियाबाट आज(शनिबार) दोस्रो ‘उद्धार’ उडान मार्फत नेपालीहरु फर्किदै छन् ।

भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जनका अनुसार मेलवर्नबाट आज २२० जना नेपाली काठमाडौं आइपुग्ने छन् । यसअघि यही असार ९ गते अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरुलाई काठमाडौं ल्याइएको थियो ।

नेपालबाट ५ बच्चासहित ४५ जनालाई लिएर आएको नेपाल एयरलाइन्सको हवाई जहाजबाट उनीहरु स्वदेश फर्किन लागेका हुन् ।

हवाई जहाजमा क्याप्टेन विजय लामासहितको टोली छ । नेपाल फर्किन लागेकाहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले विमानस्थलमा सहयोग गरेको छ ।