 
	    सुर्खेत, असार १२ । कर्णाली प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ पुष्टि हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १२ जना, बराहताल गाउँपालिकाका १ जना रहेका छन् ।
यस्तै दैलेख दूूल्लु नगरपालिकाका ५ जना, सल्यानको सारदा नगरपालिकाका ३ जना, जाजरकोटको शिवालय गाउँपालिकाका २ जना, मुुुगुको छायाँनाथ रारा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै काठमाण्डौं र जुम्लाका १÷१ जनामा कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो ।
शुक्रबारसम्म कर्णालीमा संक्रमितको संख्या १ हजार ४ सय ३३ जना पुगेको छ ।
कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ६ पुगेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्