लागुऔषध कारोबारमा प्रहरी निरीक्षकसहित अन्य ५ जना पक्राउ • Image Khabar Image Khabar


लागुऔषध कारोबारमा प्रहरी निरीक्षकसहित अन्य ५ जना पक्राउ


Imagekhabar
१२ असार २०७७, शुक्रबार १७:५४

लागुऔषध कारोबारमा प्रहरी निरीक्षकसहित अन्य ५ जना पक्राउ

काठमाडौं, असार १२ । नेपाल प्रहरीका एकजना प्रहरी निरीक्षक समेत ६ जनालाई लागू औषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ ।

नेपालगञ्ज घर भई हाल ललितपुर प्रहरी परिसरमा दरबन्दी रहेका प्रहरी निरीक्षक रुद्रबहादर शाहसहित अन्य ५ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्य ब्यक्तिहरुमा उदयपुरको त्रियुगा नगरपालिका ११ का बर्ष ३६ का एलिसन बस्नेत, बर्दियाको ठाकुरबाबा नगरपालिका ३ का सन्तोष कुमार शाह, काठमाडौं महानगरपालिका १ नारायणचौर नक्सालका वर्ष ४८ का भुपेश शेरचन, काठमाडौं ३० ज्ञानेश्वरका अभिनास थपलिया रहेका छन ।

उनीहरु सबैलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पुरानो सिनामङ्गलस्थित सन्तोष कुमार शाहको घरबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले मनोद्विपक लागू औषध डायलेक्स डिसि ६ सय ६० बोतल, नाइट्राभेट ११ सय ४० ट्याब्लेट्स, स्पामोप्रोक्सिभोन३ सय ३० क्याप्सुल र नगद १ लाख रुपैया बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै ब्युरोले उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्