पहिरामा वृद्धको शव फेला • Image Khabar Image Khabar


पहिरामा वृद्धको शव फेला


Imagekhabar
१२ असार २०७७, शुक्रबार १५:३२

पहिरामा वृद्धको शव फेला

सल्यान, असार १२ । यहाँ एक वृद्धको शव पहिरामा पुरिएका अवस्थामा फेला परेको छ ।

कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरामा कम्मरभन्दा माथिको भागसम्म पुरिएका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी घरबाट निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरु गरेको थियो ।

घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजीकैको डाँगडुँगे खोलाको पहिराले पुरिएको अवस्थामा शव फेला परेको हो । रासस

प्रतिक्रिया दिनुहोस्