१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


हेटौंडा-कुलेखानी सडक बन्द


0
Shares

हेटौंडा, असार १२ । हेटौंडा कुलेखानी हुँदै काठमाडौं जाने सडकको यातायात आवागमन बन्द गरिएको छ ।

वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्डमा बन्द भएको जनाएको छ ।

हाल सो सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ ।

मन्त्रालयले त्रिभुवन राजपथ र नौबिस मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ । रासस