१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


‘पोषणबारे जानकारी छैन’


0
Shares

काठमाडौं, जेठ १० । पोषणविद् डा. अरुणा उप्रेतीले गर्भवती महिलालाई चाहिने पोषण कुन खानाबाट र कहाँबाट प्राप्त हुन्छ भन्नेबारे धेरै महिलालाई जानकारी नभएको बताएकी छन् ।

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले गर्भवती महिलालाई चाहिने खनिज, आइरनजस्ता अत्यावश्यक वस्तुका लागि पनि औषधि सेवन गरिनु गलत भएको बताइन् ।

जसबारेमा स्वास्थ्य मन्त्रालयलेसमेत प्रभावकारी कार्यक्रम सन्चालन नगराएको र विदेशीले दिएको कार्यक्रममा नै मख्ख परेर बस्ने प्रवृतिको विकास भएको जिकिर डा. उप्रेतीले गरिन् ।

यस्तै, कार्यक्रममा प्रदेश नम्बर–५ मा पाँच वर्षमुनिका ५५ प्रतिशत बालबालिका र गन्डकी प्रदेशमा २९ प्रतिशत बालबालिकामा कुपोषण रहेको बताइएको थियो ।