Logo ११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026


कोरोना महामारीको महासंकटमा अमेरिका, दुई करोडभन्दा बढी व्यक्तिमा संक्रमण हुने चेतावनी


0
Shares

काठमाडौं, असार १२ । अमेरिकामा दुई करोडभन्दा बढी मानिस कोरोना संक्रमणको चपेटमा आउने चेतावनी दिइएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले यो चेतावनी दिएको हो ।

सीडीसीका डाइरेक्टर डा. रोबर्ट रेडभिफल्डले सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘हाम्रो आंकलन के छ भने कोरोना संक्रमणको जब एउटा रिपोर्ट आउँछ, तब अरु १० जनामा संक्रमण फैलिएको हुन्छ ।’

महामारीको चपेटामा धेरैजसो युवा पर्ने भन्दै सीडीसीले युवामा रोग प्रतिरोधक क्षमता बढी हुने भएकाले मृत्यु दरमा भने कमी हुने जनाएको छ ।

युवा बढी संक्रमित हुनुमा उनीहरुले प्रौढहरुले भन्दा कम सुरक्षाका उपाय अपनाउनु रहेको सीडीसीको संक्रामक रोग विशेषज्ञ डा. जोय बटलरले बताउनुभयो ।
अमेरिकाले युवालाई जागरुक बनाउन टिकटक जस्ता सामाजिक सन्जालको प्रयोग गर्ने योजना पनि बनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को आपतकालीन टिमका प्रमुख डा. माइक रियानले पनि अमेरिकामा अझै कोरोना संक्रमण उच्च विन्दुमा पुगिनसकेको बताउनुभयो । आगामी दिनमा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या बढ्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो ।

अमेरिकामा अहिले नै संक्रमितको संख्या २५ लाख नाघेको छ भने मृतकको संख्या संख्या १ लाख २६ हजार कटेको छ ।