
काठमाडौं, जेठ १० । महिनावारीको समयमा गरिने भेदभावका कारण महिलाको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् ।
महिनावारीसम्बन्धी काम गर्ने संस्थाहरुको सञ्जालले शुक्रबार राजधानीमा गरेको छलफलमा उनीहरुले गतल धारणाका कारण महिलाहरुलाई महिनावारीको समयमा गरिने भेदभाव बढेको बताएका हुन ।
कार्यक्रममा महिनावारीसम्बन्धी काम गर्ने संस्थाहरुको सञ्जालका संयोजक गुणराज श्रेष्ठले कर्णाली र सुदूरपश्चिम प्रदेशमा ७१ प्रतिशत छाउपडी प्रथा रहेकोे र नेपालभरि नै झन्डै तीन प्रतिशत छाउपडी रहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ५० प्रतिशत छात्रा महिनावारीको समयमा विद्यालय जाँदैनन् ।
यस्तै, ५० प्रतिशत किरोशीलाई महिनावारीको समयमा गरिने सरसफाइको ज्ञानबारे जानकारी नै नभएको पनि मन्त्रालयको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्