राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण • Image Khabar Image Khabar


राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण


Imagekhabar
११ असार २०७७, बिहीबार १७:४७

राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण

काठमाडौं, असार ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।


आज प्रमाणीकरण गरिएका विधेयकमा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक, खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्