२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्न दिने निर्देशिका जारी


0
Shares

काठमाडौं, असार ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालाहरुलाई कोरोना परीक्षण गर्न दिने निर्देशिका जारी गरेको छ ।

मन्त्रालयलले संक्रमतिहरुको संख्या बढ्दै गएसँगै दुई साताअघि गरेको निर्णयबमोजिम निर्देशिका जारी गरेको हो ।

सरकारी प्रयोगशालाबाट आएको स्वाबमात्र परीक्षण गर्न पाउने व्यवस्थासहित निर्देशिका जारी गरिएको छ ।

‘पीपीआर’ परीक्षण गर्न चाहने प्रयोगशलाहरुले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिनुपर्ने र तोकेबमोजिमको मापदण्ड पूरा गरेको हुनुपर्ने, ‘बायोसेफ्टी लेभल–२’ को प्रयोगशाला स्थापना गरेको हुनुपर्ने र एक दिनमा २०० स्वाब परीक्षण गर्न सकिने क्षमता हुनुपर्ने उल्लेख गरिएको छ ।

‘पुल टेस्टिङ’ गराउन नपाइने, परीक्षणका लागि तीनवटा छुट्टा–छुट्टै कोठा हुनुपर्ने, परीक्षणपश्चात् सबै नमुनाहरु जनस्वास्थ्य प्रयोगशालामा बुझाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

सरकारले एक स्वाब परीक्षण बराबर पाँच हजार ५०० रुपैयाँ दिने व्यवस्था गरेको छ । जसमा निजी प्रयोगशालाहरुले एकपटकमा ९६ वटा स्वाब परीक्षण गरे चार हजारसम्ममात्र लागत लाग्ने जनाइएको छ ।

हालसम्म १९ वटा ल्याबले निवेदन दिएका थिए । जसमा नौवटा ल्याब छानिएका थिए ।

सरकारले चारवटा ल्याबलाई दिने निर्णय गरेको जनाइएको छ । जसमा ती चारवटा ल्याबलाई अनुमति दिन मिल्नेगरी निर्देशिका जारी गरिएको विज्ञहरुले आरोप लगाएका छन् ।

कुन–कुन प्रयोगशालालाई पीसीआर परीक्षण गर्न दिने निर्णय गरेरमात्र सरकारले निर्देशिका जारी गरेको हो ।