लकडाउनको समयमा सार्वजनिक सवारीसाधनबाट यात्रु ओसारपसार नगर्न आग्रह • Image Khabar Image Khabar


लकडाउनको समयमा सार्वजनिक सवारीसाधनबाट यात्रु ओसारपसार नगर्न आग्रह


Imagekhabar
११ असार २०७७, बिहीबार १३:५७

लकडाउनको समयमा सार्वजनिक सवारीसाधनबाट यात्रु ओसारपसार नगर्न आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलले लकडाउनको समयमा सार्वजनिक सवारीसाधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ ।

महासंघका महासचिव पुण्यप्रसाद सिटौला (सरोज) ले विज्ञप्ति जारी गरी लकडाउन कायमै रहँदा महासंघको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन संचालन गरेको आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको हो ।

महासंघले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोरोनाको जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ ।

विज्ञप्तिमा सार्वजनिक सवारीसाधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको सम्भावित जोखिमको जिम्मेवारी महासंघले नलिने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्