
काठमाडौं । अनुष्का श्रेष्ठ यस वर्षको ‘मिस नेपाल वर्ल्ड’ को उपाधि विजेता हुन ।
अस्ट्रेलियाको बैँकबाट राजीनामा दिएर आएकी २३ वर्षीया श्रेष्ठ मिस नेपाल वर्ल्ड–२०१९ घोषित भएकी उनी अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक हुन् ।
फाइनल राउन्डमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज पहिरिएपछि इमेज च्यानलसँग आफ्नो अनुभव साटेकी छन् ।
मिस नेपाल वर्ल्डको ताज पहिरिएपछि कस्तो अनुभव भइरहेको छ ?
अत्यन्तै धेरै खुशी छु । कसो गर्ने के गर्ने भन्ने हुँदोरहेछ । धेरै कुरा ब्यालेन्स गर्न समय लागिरहेको छ ।
तपाई विदेश बसेर आउनुभएको हो । विदेशिएका युवालाई नेपाल कसरी भित्र्याउन सकिएला ?
मेरो इच्छा पनि विदेशिएका नेपाली युवाहरुलाई नेपालसँग कनेन्ट गराउने नै हो । ‘विदेशिएका नेपाली’ भनेर सम्बोधन गर्न मलाई मन पर्दैन । उनीहरुलाई नेपालप्रति आकर्षित गर्न सरकार र युवा दुवैतर्फको बल र गृहकार्य आवश्यक पर्छ । युवाहरुलाई नेपालमा गरिखाने अवस्था सिर्जना गरिनुपर्छ ।
तपाईले आफ्नो जीवनमा सुधार्नुपर्ने कुराहरु के के रहेछ ?
पहिलो त ‘भोलीवाद’को अन्त्य गरिनुपर्ने रहेछ । हरेक कुरालाई व्यक्तिगत रुपमा नलिनुपर्ने रहेछ साथै सकरात्मक सोचाइ राख्नु पर्ने रहेछ भन्ने लागिरहेको छ ।
अबको पाँच बर्षको योजनाहरु के के छन् ?
६ महिनाका लागि ब्यस्त छु । त्यसपछि मेरो अध्ययनलाई निरन्तरता दिन्छु र मास्टर्स सिद्ध्याउनु छ ।
प्रतिक्रिया दिनुहोस्