२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


वडाध्यक्ष तामाङको निधन


0
Shares

चितवन, असार १० । पू्र्वी चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ ।

उहाँको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिनुभयो ।

लामो समय देखि अल्सरको उपचार गर्दै आउनुभएका तामाङको पछिल्लो समय कलेजोले काम गर्न छाडेको थियो ।

समस्या जटिल भएपछि उहाँलाई अस्पतालले घरमा नै आराम गर्न भनी पठाएको नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाङको निधन बुधबार दिउँसो ४ बजे भएको हो ।

उहाँलाई केही दिनअघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो ।

उपचारका क्रममा तामाङको निधन भएको हो । नगरसभा सकिने समयमा उहाँको निधन भएको खबर आएको प्रमुख बरालले बताउनुभयो ।

तामाङ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उहाँको एक श्रीमती, दुई छोरा र दुई छोरी छन् । रासस