
काठमाडौं, असार १० । रुकुम हत्याकाण्डको बिरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न गएकाहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा केही प्रदर्शकारीहरु घाइते भएका छन् ।
प्रधानमन्त्री निवासमै ज्ञापनपत्र बुझाउन जाँदा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै उनीहरुमाथि प्रहरीले बल प्रयोग गरेको प्रदर्शनकारीहरुको आरोप छ ।
प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिई छोडेको छ ।
गत जेठ १० गते अन्तरजातीय विवाह गर्न सोती पुगेका नवराज र उनका पँच जना साथीको हत्या भएपछि संघर्ष समितिले काठमाडौंमा नियमित आन्दोलन र विरोधका कार्यक्रम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्