पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सव नमनाउने • Image Khabar Image Khabar


पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सव नमनाउने


Imagekhabar
१० असार २०७७, बुधबार १९:१७

पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सव नमनाउने

काठमाडौं, असार १० । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक आफ्नो जन्मोत्सव नमनाउने हुनुभएको छ ।

उहाँले यही असार २३ गते परेको आफ्नो ७४ औं जन्मोत्सव नमनाउने निर्णय गरेको बुधबार साँझ प्रेस विज्ञप्ति जारी गरी जनाउनु भएको हो ।

कोरोना भाइरसका कारण मुलुक विषम परिस्थितिमा रहेको भन्दै पूर्वराजाले जन्मदिन नमनाउने निर्णय गरेको बताउनु भएको छ ।

पूर्वराजाले आजको कालखण्डमा परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुनेतर्फ दलहरुको ध्यानाकर्षण गर्दै राष्ट्र एकीकरण, नेपालको स्वाधिनताको संरक्षण र विकासको चिन्तन कहिले कसले र कोबाट भयो भनी आम हेक्काको विषय भएकोतर्फ सचेत गराउनु भएको छ ।

पूर्वराजाले गौरवमय इतिहासलाई स्वीकार गरेर जानुपर्नेमा जोड दिँदै राष्ट्रियता नै मुल मन्त्र र एकता नै शक्ति भएको स्मरण गराउनु भएको छ ।

पूर्वराजाले कोरोना भाइरसको संक्रमणको समयमा नेपालीले भोग्नु परेको गास, बास र कपास लगायतका विविध समस्या समाधान गर्न सरकारसंग आग्रहसमेत गर्नुभएको छ ।

उहाँले विविध कारणले विदेशबाट फर्केकालाई आफ्नै देशमा श्रम, सीप र सामथ्र्यको सदूपयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्