२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


१० करोड डलरको सहुलियत ऋण सहायताका लागि सम्झौतामा हस्ताक्षर


0
Shares

काठमाडौं, असार १० । विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ऊर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुशलता अभिवृद्धिका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)ले दिने १० करोड अमेरिकी डलरको सहुलियत ऋण सहायताका लागि हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा बुधबार नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र बैंकका तर्फबाट बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले हस्ताक्षर गर्नुभएको हो ।

नेपालको ऊर्जा क्षेत्रमा सुधार गरी कोरोना संकटविरुद्ध लड्न विश्व बैंकले ऋण सहयोग गरेको हो ।

प्राप्त ऋण सहायताले नेपालमा भरपर्दो र दिगो विद्युत्ले गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

विश्व बैंकले डेभलभमेन्ट पोलिसी क्रेडिट (डीपीसी)अन्तर्गत् नेपाललाई यो सहयोग गरेको हो ।