
काठमाडौं, असार १० । रुकुम पश्चिममा नवराज बिक सहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ ।
रुकुम पश्चिम जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता विनोद पौडेलले दुवै पक्षको बहस सकिएको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार पीडितको तर्फबाट २५ जना र प्रतिवादीको तर्फबाट ७ जनाले बहस गरेका छन् ।
थुनछेक बहस गत शुक्रबारदेखि सुरु भएको थियो ।
अब न्यायाधिशले पुपक्र्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने र साधारण तारेखमा छाड्ने मध्ये एउटा आदेश गर्न सक्ने छन् ।
सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्धामा अभियोग पत्र दर्ता गरेको थियो ।
आरोपीहरु मध्ये पाँच जना फरार छन् ।
जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा प्रेमिका लिन १९ जना साथि लिएर गएका नवराज विकलाई गाँउलेले लखेट्दै कुटपिट गरेका थिए ।
नवराजसहित ६ जनाको शव भेरी नदिमा भेटिएको थियो ।
गाउँलेले उनीहरुलाई कुटेर भेरी नदीमा फ्याँकेको प्रहरी अनुसन्धानमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्