Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


धनगढी उपमहानगरको बजेट साढे एक अर्बभन्दा बढी


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार १० । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे एक अर्बभन्दा बढीको बजेट ल्याएको छ ।

उपमहानगरले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख रुपैयाँ बराबरको अनुमानित बजेट बुधबारको नगरसभामा सार्वजनिक गरेको हो ।

धनगढीमा आयोजित पाँचौं नगरसभामा उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले उपमहानगरको आगामी वर्षको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ८५ करोड र पुँजीगत खर्चतर्फ ७८ करोड ८२ लाख रहेको छ ।

बजेटमा आयतर्फ आन्तरिक आय १९ करोड ९९ लाख ७३ हजार ६६०, वित्तीय समानीकरण २९ करोड दुई लाख, राजस्व बाँडफाँटबाट १८ करोड ४० लाख, सःशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपूरक कोष अनुदान दुई करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान एक करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३४० उल्लेख गरिएको छ ।