
म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने गण्डकी प्रदेशको बेनी–जोमसोम–कोरला सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको हो ।
सडक खण्डको गलेश्वर पारी घुमाउने तालदेखि नै हिलाम्ये सडकका कारण साना ठूला सवारी साधन आवतजावतमा समस्या भइरहेको छ ।
उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारी साधन आवतजावतमा ठूलो जोखिम रहेकाले सर्तकता अपनाउन अन्नपूर्ण गाउँपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्