धनकुटाका कृषकले पाए प्रोत्साहन अनुदान • Image Khabar Image Khabar


धनकुटाका कृषकले पाए प्रोत्साहन अनुदान


Imagekhabar
१० असार २०७७, बुधबार ११:०५

धनकुटाका कृषकले पाए प्रोत्साहन अनुदान

धनकुटा । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सिधुवा धन्कुटाले ७ सय ७२ जना किसानहरुका लागी ९ लाख ८० हजार रुपयाँ प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको छ ।

जोन कार्यान्वयन ईकाई धनकुटाले महालक्ष्मी नगरपालिकाका विभिन्न समुहमा आवद्ध २ सय ६२ जना किसानलाई ३ लाख, १० हजार रुपयाँ हस्तान्तरण गरेको हो ।

त्यसैगरी छथरजोरपाटी गाउँपालिकामा आवद्ध किसानलाई १ लाख, ९४ हजार रुपयाँ वितरण गरेको छ ।

वडा नम्वर ३ का १ घरलाई १४ सय रुपयाँ अनुदान रकम बितरण गरेको थरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरवहादुर लिम्वुले बताउनुभयो ।

कृषक समुहमा आवद्ध किसानहरुलाई केराउ बालीमा प्रोत्साहित हुने गरी कृषकहरुलाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदान प्रदान गरिएको जोन कार्यालयका प्रमुख देवेन्द्र शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्