बाँकेमा सडक दुर्घटनामा दुईको मृत्यु • Image Khabar Image Khabar


बाँकेमा सडक दुर्घटनामा दुईको मृत्यु


Imagekhabar
९ असार २०७७, मंगलवार २०:०१

बाँकेमा सडक दुर्घटनामा दुईको मृत्यु

नेपालगञ्ज, असार ९ । बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा मंगलबार भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका—८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका—१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार वा १४च २७८९ नंको कार अनियन्त्रित भई सडकदेखि तीन मिटर दाहिने छेउमा रहेको रुखमा ठोक्किएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्