
अर्घाखाँची, असार ९ । अविरल वर्षाका कारण पहिरो जाँदा बिगत पाँचदिन देखि अवरुद्ध भएको गोरुसिंगे सन्धिखर्क सडकखण्ड अपरान्हदेखि सञ्चालनमा आएको छ ।
गत शुक्रबार रातीदेखि निरन्तर वर्षाले सन्धिखर्क नगरपालिकाको खाँचिखोलाको उकालोमा करिव १ सय ५० मिटर माथीबाट ठुला ठुला चट्टान सहित आएको पहिरोले सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध सडकलाई दुईवटा स्काभेटर प्रयोग गरी पहिरो हटाए पछि सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्