 
	    बिराटनगर, असार ९ । प्रदेश १ सरकारले कोरोना नियन्त्रणको लागि २५ करोड ८३ लाख खर्च गरेको दावी गरेको छ ।
प्रदेशसभाको मंगलबारको बैठकमा सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट खर्च भएको जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसले खर्चको विवरण मागेपछि प्रदेश सरकारको तर्फबाट मन्त्री कार्कीले खर्च विवरण सार्वजनिक गर्नुभएको हो ।
प्रदेश १ सरकारले निर्माण गरेको जनसुरक्षा कोषमा २९ करोड ५१ लाख ७३ हजार जम्मा भएको थियो ।
कोषको रकम मुख्यमन्त्रीको कार्यालयले ५० लाख खर्च गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले २ करोड खर्च गरेको छ ।
कोरोना नियन्त्रणको लागि कोषबाट सबैभन्दा बढी १५ करोड ३४ लाख आन्तरिक मामिला तथा कानून मन्त्रालयले खर्च गरेको छ ।
कोषबाट सामाजिक विकास मन्त्रालयले २ करोड ४८ लाख खर्च गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्