क्वारेन्टिनमा जन्मिए शिशु • Image Khabar Image Khabar


क्वारेन्टिनमा जन्मिए शिशु


Imagekhabar
९ असार २०७७, मंगलवार २०:५६

क्वारेन्टिनमा जन्मिए शिशु

प्युठान, असार ९ । प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माउनुभएको छ ।

मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माउनुभएको हो ।

क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो ।

स्वास्थ्य केन्द्रमै मंगलबार बिहान करीब ८ बजे उहाँ सुत्केरी हुनुभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो ।

आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।

खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो ।

खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बस्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्