
बिराज रोस्यारा (इमेज)
कैलाली, असार ९ । सुदूरपश्चिम प्रदेशमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ६७ जना र धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा बाजुराका ११ महिला र नौ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी १९ जना, कैलालीका एक महिला र १५ पुरुष गरी १६ जना, कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौजना, अछामका दुई महिला र डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनीहरुको स्थानीय तह भने खुलाइएको छैन ।
यता, सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनकाअनुसार कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुषसहित ४४ जना, भजनी नगरपालिकाकी १९ वर्षीया युवती र कैलालीकै ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । ४२ वर्षीया महिलाको स्थानीय तह खुलेको छैन ।
यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका, बाजुरा र बझाङका एक/एकजना पुरुषमा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार २७७ पुगेको छ ।
संक्रमितमध्ये पाँचजनाको मृत्यु भइसकेको छ । १६५ जना निको भएर घर फर्किइसकेका छन् ।








प्रतिक्रिया दिनुहोस्