
फाइल तस्वीर
हेटौंडा, असार ९ । हेटौंडाको भीमफेदीमा पहिरोले अवरुद्ध सडक मंगलबार पनि सुचारु हुन सकेको छैन ।
हेटौडा कुलेखानी काठमाडौं सडक अन्तरर्गत भीमफेदी गाउँपालिका–६ को जुरीखेतमा र इन्द्रसरोबर गाउँपालिका–२ को हेभीमा सोमबार बिहान गएको पहिरो पन्छाउने कार्य अझै जारी छ ।
पानी परिरहेकोले देउराली नजिक बिहान फेरी अर्को पहिरो गएकोले मंगलबार पनि सवारी आवागमन नचल्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्