Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


क्वारेन्टिनबाट घर पठाइएका एक पुरुषको मृत्यु


0
Shares

कैलाली । लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनबाट घर पठाइएका एक पुरुषको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिकाको वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाइएको वडा नम्वर ७ का ३६ वर्षका पुरुषको हिजो साँझ मृत्यु भएको हो ।

उनलाई आइतबार घर पठाइएको थियो । मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने बताइएको छ ।