
काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रवादलाई कमजोर बनाउनु नहुने बताउनुभएको छ ।
मंगलबारको राष्ट्रियसभामा बोल्नुहुँदै विडारीले आन्तरिक राष्ट्रवाद कसले कमजोर बनायो ? राष्ट्रवाद कमजोर बनाउने काम सदनमै आएर उफ्रिउफ्रि राष्ट्रवादको विरुद्धमा बोल्ने ? भन्दै प्रश्न गर्नुभयो ।
उनले जातीय, क्षेत्रीय सम्प्रदाय, संस्कृतिमाथि प्रहार भयो भने आफूहरुले नसहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सदनमै आएर जनता उचाल्ने, भ्रम फैलाउने काम गर्नुभएन ।’
‘दुई छिमेकी विशाल भारत र चीनको सम्बन्ध स्थायी राख्न हाम्रो संविधान, परराष्ट्र नीति, पन्चशिलको सिद्धान्तलाई आधार मान्नुपर्छ, विडारीले भन्नुभयो ।
अर्को प्रसंगमा मधेसका नारीहरुलाई होच्याउन र अपमान गर्न नागरिकता विधेयक नल्याइएको उहाँले बताउनुभयो ।
उहाँले भारतले छोरी नदिए नेपाली छोराले नेपाली छोरासँगै बिहे गर्ने र नागरिकता बनाउने बताउनुभयो ।
उहाँले विदेशीसँग मजाले विहे गर्न पाइन्छ तर धेरै सरिताहरु चाँडै अंगिकृत बनाएर देशको मन्त्री र सांसद बनाउनेमा छैनौं, उहाँले सांसद सरिता गिरिलाई संकेत गर्दै भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्