प्रिमियर लिगः म्यानचेस्टर सिटी फराकिलो गोल अन्तरले विजयी • Image Khabar Image Khabar


प्रिमियर लिगः म्यानचेस्टर सिटी फराकिलो गोल अन्तरले विजयी


Imagekhabar
९ असार २०७७, मंगलवार ०६:५९

प्रिमियर लिगः म्यानचेस्टर सिटी फराकिलो गोल अन्तरले विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले बर्नलेमाथि फराकिलो जित निकालेको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान सिटी ५–० ले विजयी भयो । सिटीलाई सहज जित दिलाउन फिल फोडेन र रियाद माहारेजले दुई दुई गोल गर्दा डेभिड सिल्भाले एक गोल थपे ।

जितसँगै म्यान्चेस्टर सिटीले ३० खेलबाट ६३ अंक जोड्दै प्रिमियर लिग अंक तालिकामा दोस्रो स्थानको पकड बलियो पारेको छ ।

समान खेलबाट ८३ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ । सिटीको गएरातिको जितपछि लिभरपूललाई उपाधि जित्न कम्तिमा दुई खेल कुर्नुपर्ने भएको छ ।

सिटी अबको खेलमा पराजित भएको खण्डमा भने लिभरपुलले एक जितपछि नैं प्रिमियर लिग सुरक्षित गर्नसक्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्