२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पाल्पामा पहिरोमा परी तीनजनाको मृत्यु, गुडिरहेका चारवटा गाडी पुरिए(भिडियो)


0
Shares

पाल्पा । पाल्पाको तानसेन–रिडी सडकखण्डको सम्मोबारीमा सोमबार साँझ गएको पहिरोले ३ जनाको मृत्यु भएको छ ।

पहिरोले ४ वटा सवारी साधन पुरेको छ । सवारी साधनमा रहेका २ जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप र कार पुरिएको छ ।

तानसेनबाट रिडि तम्घासतर्फ जाँदै गरेका सवारी साधनहरु पहिरोको कारण रोकिएको अवस्था पुन पहिरो झरी सवारी साधन बगाएको पाल्पा ट्राफिक प्रहरी कार्यालय प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

पाल्पामा पहिरो, तीनजनाको मृत्यु

पाल्पामा पहिरो, तीनजनाको मृत्यु https://www.imagekhabar.com/news/159597/

Posted by ImageKhabar.com on Monday, June 22, 2020