सांसद सरिता गिरीलाई स्पष्टीकरण बुझाउन निर्देशन • Image Khabar Image Khabar


सांसद सरिता गिरीलाई स्पष्टीकरण बुझाउन निर्देशन


Imagekhabar
८ असार २०७७, सोमबार १९:१०

sarita giri parliament court nepal constitution

काठमाडौं, असार ८ । समाजवादी पार्टी, नेपालले सांसद सरिता गिरीलाई स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आदेश दिएको नेता नवराज सुवेदीले जानकारी दिए ।

पार्टी निर्णयविपरीत नयाँ नक्साअनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद गिरीले संसद सचिवालयमा संशोधन दर्ता गराएकी थिइन् ।

सो संशोधनको सूचना फिर्ता लिन पार्टीको संसदीय दलले निर्देशन दिएपनि विधेयकको टुंगो लगाउन चुनाव भएको दिन उनी संसद बैठक नै बहिस्कार गरेर निस्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्