रुकुम घटनाका दुबै पक्षेका वकिलको बहस सकियो • Image Khabar Image Khabar


रुकुम घटनाका दुबै पक्षेका वकिलको बहस सकियो


Imagekhabar
८ असार २०७७, सोमबार १८:५४

रुकुम घटनाका दुबै पक्षेका वकिलको बहस सकियो

रुकुमपश्चिम, असार ८ । सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

शुक्रबारदेखि शुरु भएको बहस सोमबार पनि जारी रह्यो ।

थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ ।

सोमबार बाँकी रहेका जाहेरीवालातर्फका सात वकिलको बहस सकिएसंँगै वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार वादी र जाहेरीवालातर्फबाट २३ वकिलले बहस गरेका छन् ।

पहिलो दिन शुक्रबार वादीका तर्फबाट पाँच सरकारी वकिल र दुई जाहेरीवालातर्फका गरी सात तथा आइतबार जाहेरीवालातर्फका ९ र सोमबार जाहेरीवालातर्फकै ७ वकिलले बहस गरेका हुन् ।

मंगलबार प्रतिवादीतर्फका वकिलको बहस शुरु हुने स्रेष्तेदार बोहराले बताए ।

प्रतिवादीतर्फबाट सात वकिलले बहस गर्दै छन् । प्रतिवादीतर्फका वकिलको बहस मंगलबार नै सकिन सक्ने अदालतले जनाएको छ ।

मंगलबार नै थुनछेक बहस सकिएमा बुधबार थुनछेक आदेश आउन सक्ने आकलन गरिएको छ ।

गत जेठ १० गते रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम (पश्चिम) का एकको मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले ३४ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा मुद्दा दर्ता गराएको छ । रासस

प्रतिक्रिया दिनुहोस्