१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पाल्पामा पहिरोले सवारी बगाउँदा वेपत्ता मध्ये २ जनाको शव फेला


0
Shares

बुटबल, असार ८ । पाल्पाको तानसेन रिडी सडकखण्डमा पहिरोले ५ वटा सवारी साधन बगाउँदा वेपत्ता भएकाहरु मध्ये २ जनाको शव फेला परेको छ ।

एकजना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ ।

सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी–तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, २ वटा बुलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको हो ।

ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन जानकारी छैन ।

अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् ।

उक्त पहिरो डेढ सय मिटर लामो छ । अहिले पहिरो हटाउने काम भइरहेको छ ।

निरन्तर परेको वर्षाले पहाडि क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।