Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


थप ५३५ जनामा कोरोना संक्रमण, रसुवा बाहेक सबै जिल्लामा संक्रमण


0
Shares

८ असार, काठमाडौं । सोमबार थप ५३५ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको ९५६१ संख्या पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विभिन्न जिल्लामा ५३५ कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामध्य रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितमध्ये २ हजार १ सय ४२ जना डिस्चार्ज भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन् ।

जसमा पाल्पामा ९०, कैलालीमा ५८, गुल्मीमा ५६, सर्लाहीमा ४७, रौतहटमा ३४, स्याङ्जामा ३३, प्युठानमा ३०, नवलपरासी पूर्वमा २४, सिराहामा २३, सप्तरी १५, डडेलधुरामा १५, वैतडीमा १४, दाङमा १३, रुपन्देहीमा १२, तनहुँ ११, मोरङ् ११, सप्तरीमा ११ जना, धनुषामा १०, अर्घाखाँचीमा ९, डोटीमा ७, नवलपरासी पश्चिम ५, चितवनमा ५, सिन्धुपाल्चोक २, अछाममा २, जाजरकोट १, महोत्तरी १, ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको छ ।