२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाल्पामा खोलाले बगाउँदा वृद्धाको मृत्यु


0
Shares

पाल्पा, असार ८ । रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा सोमबार एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका –१ निवासी ७० वर्षीया मनकुमारी सारु रहेको वडाध्यक्ष कृष्ण रेग्मीले बताए ।

मस्लाङबाट पनटायरको पसलमा आउने क्रममा उनलाई खोलाले बगाएको थियो ।

खोलाले बगाएर कालीगण्डकी नदीको किनारामा फालेको अवस्थामा उनलाई भेटिएको वडाध्यक्ष रेग्मीले बताए ।