२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


समाजवादीको पदाधिकारी बैठक बस्दै, सरिता गिरी प्रकरणलगायत विषयमा छलफल हुने


0
Shares

काठमाडौं, असार ८ । समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक सोमबार (आज) बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सांसद सरिता गिरी प्रकरणलगायत समसामयिक विषयमा छलफल हुने नेता नवराज सुवेदीले जानकारी दिए ।

पार्टी निर्णयविपरीत नयाँ नक्साअनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद गिरीले संशोधन दर्ता गराएकी थिइन् ।

सो संशोधनको सूचना फिर्ता लिन पार्टीको संसदीय दलले निर्देशन दिएपनि विधेयकको टुंगो लगाउन चुनाव भएको दिन उनी संसद बैठक नै बहिस्कार गरेर निस्किएकी थिइन् ।

तर, सांसद गिरीलाई कारबाही गर्ने/नगर्ने भन्ने विषयमा पार्टीमा विवाद छ ।

समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरेर जनता समाजवादी पार्टी, नेपाल गठन भइसकेको छ । तर, निर्वाचन आयोगले दर्ता प्रमाणपत्र नदिएको कारणले समाजवादी पार्टीको छुट्टै पदाधिकारी बैठक बस्न लागेको हो ।