३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


पाँचथर सामूहिक हत्याकान्डः शवको पोस्टमार्टम सकियो


0
Shares

सुनसरी, जेठ ८ । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा सोमबार राति हत्या गरिएकाहरुको शव धरानमा पोस्टमार्टम गरिएको छ ।

मृतक सबैको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी बुधबार परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक डुण्डीराज न्यौपानेले जानकारी दिए ।

काठमाडौंबाट आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को विशेष टोलीले मंगलबार घटनास्थलको अनुगमन गरेर अनुसनधान अघि बढाएपछि उठाइएका शव धरान ल्याएर पोस्टमार्टम गरिएको हो ।

पोस्टमार्टममा धारिलो हतियार प्रहार गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ ।

मिक्लाजुङ–७, लुमाङ्दिनमा झुन्डिएको अवस्थामा फेलापरेको एउटा शव पनि सँगै धरान ल्याएर पोस्टमार्टम गरिएको हो ।

मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको थियो ।

घटनास्थलभन्दा दुई घन्टा परको पैदल दूरीमा मानबहादुर माखिमको शव पनि झुन्डिएको अवस्थामा फेलापरेको थियो ।

माखिमले नै दुवै परिवारका सदस्यको हत्या गरेर आफू झुन्डिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।