२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


बागलुङमा कोरोना संक्रमित बढ्दै गएपछि व्यवस्थापनमै समस्या


0
Shares

बागलुङ । बागलुङमा दिनप्रति दिन कोरोना भाइसर संक्रमितको संख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या आएको छ ।

क्वारेन्टिनमै बस्दै गएका नागरिकलाई संक्रमण पुष्टि भएसँगै व्यवस्थापन गर्न अफ्ठेरो भएको हो ।

कोरोना परीक्षणको रिपोर्ट आउन ढीलो हुने भएकोले पनि क्वारेन्टिनमा संक्रमणको जोखिम हुने भएको छ ।

यता, जिल्लामा आइसोलेसनको अभाव हुँदा संक्रमितलाई पनि क्वारेन्टाइनमै व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ ।

अहिले जिल्लामा २४ वटा आईसोलेसन बेड छन् भने ७५ वटा प्री आईसोलेसन वेड रहेका छन् ।

जिल्लामा केही आईसोलेसन बेड थप्ने तयारी भइरहेको जनाइएको छ । बाग्लुङमा मात्र १२० जना कोरोना संक्रमित छन् ।