गुल्मी रेसुङ्गाका १५ घर पहिरोको जोखिममा, सात परिवार विस्थापित • Image Khabar Image Khabar


गुल्मी रेसुङ्गाका १५ घर पहिरोको जोखिममा, सात परिवार विस्थापित


Imagekhabar
८ असार २०७७, सोमबार ११:१५

गुल्मी रेसुङ्गाका १५ घर पहिरोको जोखिममा, सात परिवार विस्थापित

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका बेतुखर्कका १५ घर पहिरोको जोखिममा रहेका छन् ।

त्यसमध्ये उच्च जोखिममा रहेका ७ घर परिवार बिस्थापित भएका छन् । पानी पर्न जान थालेपछि थप जोखिम हुने भएकाले बाँकी परिवारलाई सर्तकताको लागि सचेत बनाएको वडाध्यक्ष मोहनप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

गएरातिदेखिको अविरल वर्षाले तम्घास–नेटा सडक खण्डका साथै तम्घास खाम्सेपानी सडकको दुवै तर्फबाट बस्ती जोखिममा परेको छ ।

तम्घास–खाम्सेपानी सडक अन्तरगत ओख्रेनीमा विगत पाँच वर्षदेखि पहिरो खसिरहेको छ ।

गुल्मीकै इस्मा गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा केहि घरहरु पहिरोका कारण जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्